१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

वैशाख २ गतेदेखि संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय


३० चैत, काठमाडाैँ ।संघीय संसद्को चालू अधिवेशन आगामी वैशाख २ गते अन्त्य हुने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालू अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १६:५९