१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै सागर डिष्टिलरी


३० चैत, काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न आगामी वैशाख १५ गते विशेष साधारण सभा बाेलाएकाे छ ।

उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६(१) (ख)संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता सेयरआईपीओ निष्काशन गर्न लागेकाे हाे ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ११:४०