१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सुनको भाउ हालसम्मकै उच्च, एकैदिन प्रतितोला २४ सयले बढ्यो


३० चैत, काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले बढेर छापावाला सुन  प्रतितोला १ लाख ३९ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ११:१८