१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

१३ वाणिज्य बैंकले घटाए ब्याजदर, दुईको बढ्दा ५ बैंकको स्थिर


३० चैत, काठमाडाैँ । वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार चैतको तुलनामा बैशाखकका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने ५ वटाले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । वैशाख महिका लागि २ वटा बैंकले भने ब्याजदर बढाएका छन् ।

वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपतर्फ वैशाख महिनाका लागि औषत ७.०७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएका छन् । चैत महिनामा भने बैंकहरुले व्यक्तिगत मुद्दती निक्षेपतर्फ औषत ७.२५ प्रतिशत ब्याज प्रदान गरेका थिए ।

बैशाख महिनाका लागि कुन बैंककाे कति  छ ब्याजदर ?

एनआईशी एशिया बैंक

बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.७०० प्रतिशत ब्याजदर कायम गरेकाे छ । चैत महिनामा बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ९.३३ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

प्रभु बैंक

बैंकले पनि वैशाख महिनका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । चैतकाे तुलनामा बैंकले बैशाखका लागि ब्याजदर घटाएकाे छ ।

कृषि विकास बैंक

कृषि विकास बैंकले वैशाख महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ५.६६१ प्रतिशत  र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । चैत महिनाका लागि पनि बैंकले यहि ब्याजदर कायम गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।

ग्लोबल आइएमई बैंक

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनामा बैंकले व्यक्तिगततर्फ ७.६ र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर दिएकाे थियाे ।

नबिल बैंक

वैशाख महिनाका लागि नबिल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेकाे थियो ।

नेपाल बैंक लिमिटेड

बैंकले बैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर कायम गरेकाे छ । चैत महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

कुमारी बैंक

कुमारी बैंकले बैशमख महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७.११ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिद्धार्थ बैंक

बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम भएको छ । चैत महिनाका लागि भने बैकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम थियो ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

बैंकले बैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकले साेही ब्याजदर तोकेको थियो ।

एभरेष्ट बैंक

बैंकले बैशाखका लागि व्यक्तिगततर्फ ७ र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ ५.५ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

एनएमबी बैंक

बैंकले बैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

प्राइम कमर्सियल बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर रहेको थियो ।

हिमालयन बैंक

हिमालयन बैंकले बैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनामा पनि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले चैतमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर तोकेको थियो ।

माछापुच्छ्रे बैंक

बैंकको बैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेकाे छ । चैत महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर ताेकेकाे थियाे ।

नेपाल एसबीआई बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर ताेकेकाे छ। चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

लक्ष्मी सनराइज बैंक

बैंकले बैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर रहेको थियो ।

 

 

 

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार १०:४९