१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

नेपाली बजारमा एअर प्युरिफायरको माग बढदै


३० चैत, काठमाडाैँ । विभिन्न मानवीय र प्राकृतिक कारण काठमाडौँ उपत्यकामा वायु प्रदुषण बढेको छ । सवारी साधनबाट हुने कार्बन उत्सर्जन, बाटोघाटो मर्मत र निर्माणका कारण फैलिएको धुलो, ईटाभत्ता तथा कारखानाबाट निस्केको धुवा, खराब फोहोर व्यवस्थापन र जंगलमा लागेको डढेलो आदि यसका प्रमुख कारणहरु हुन। वायु प्रदुषण बढेका कारण सर्वसाधारणमा आँखा जलन, सुख्खा खोकी, टाउको दुखाइ जस्ता स्वास्थ्य समस्याहरु देखिएको छ।

बिभिन्न कारणले गर्दा बढेको वायु प्रदुषण र स्वास्थ्य समस्याहरुले गर्दा काठमाडौंमा एअर प्युरिफायरको माग बढेको छ । बजारमा बिभिन्न ब्रान्डका एअर प्युरिफायरहरु उपलब्ध छन। नेपालको नम्बर १ अन्तरराष्ट्रिय ब्रान्ड एलजीको पनि ३६० डिग्री एअर प्युरिफायर नेपाली बजारमा उपलब्ध छ जसको ३६० डिग्री प्युरिफिकेसन ले चौतर्फी दिशाबाट हावालाई सक्सन गरी रुम एरियाको सबैतिर प्युरिफिकेसन गर्दछ। सो एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्दछ, जसले हावामा हानिकारक पदार्थहरु कम गर्दछ र शुद्धीकरणहरुले हावामा तैरिरहेको पिएम १.० सम्मका साना कणहरु, भाइरस र किटाणुहरुलाई हटाउँछ ।

एलजी प्युरीकेयर ३६० डिग्री एअर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्दछ । एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी(नासा) द्धारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्धतले हावाको एअर फ्लो उच्चतम गराई एअर रेसिसटेन्स् र फ्रिक्सन घटाउँछ । मल्टि फिल्ट्रेसन सिस्टम(एचईपीए १३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित सो फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाईरस, धुलो लगायत प्रदुषणलाई ९९.९ प्रतिशत हटाउँदछ ।

त्यस्तै पीएम १.० सेन्सर को साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एअरबर्न पार्टीकल्सलाई पनि निस्कृय पार्दछ । एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाईममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ ।

यसको ३६० डिग्री डिजाइनको साथ यसले आन्तरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्दछ । सो प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पुर्याउँछ । यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेशनको साथ सफा हावाको वितरण गर्न मद्धत गर्दछ । एलजीको सो एयर प्युरिफायरमा १० वर्षको वारेण्टी पनि रहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार ०९:३५