१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

तारकेश्वरकै उत्कृष्ट काठमाडौँ लिंकन स्कुल जहाँ एक पटक भर्ना गरेपुग्छ


१ वैशाख, काठमाडौँ । निजी अर्थात संस्थागत विद्यालयहरू जाहाँ अभिभावक लुटिन्छन भन्ने एउटा भाष्य बनिसकेको छ । तर सबै संस्थागत विद्यालय त्यस्तो हुँदैनन् भन्ने उदहारणहरू बनिरहेका विद्यालय पनि काठमाडौँमै रहेका छन । काठमाडौँको तारकेश्वर नगरपालिका वडा नम्बर ८ मा रहेको काठमाडौँ लिंकन स्कुलले विद्यार्थीले विद्यालय प्रवेश गर्दा एक पटक भर्ना भएपछि अर्को वर्षबाट भर्ना शुल्क लिने गरेको छैन ।

अहिले पनि भर्नाका नाममा हरेक वर्ष विद्यार्थीसँग हजारौँ रूपैयाँ असुल गर्ने विद्यालयहरूका अघि काठमाडौँ लिंकन स्कुलले आफूलाई फरक रूपमा उभ्याएको छ । काठमाडौँ लिंकन स्कुलले २०८१ को शैक्षिक सत्रका लागि सीमित सिटमा भर्ना खुलाएको छ । विद्यार्थीका लागि चाहिने संस्कार, सिकाइ र खानपिन काठमाडौँ लिंकन स्कुलको उत्कृष्ट रहेको एक अभिभावक गौरी भट्टले जानकारी दिइन । अभिभावकले भन्दा बढी हेरचाह र सिकाइ विद्यालयले गर्ने गरेको अनुभुति आफूले गर्ने गरेको भट्टको अनुभुति रहेको छ । विद्यार्थीलाई उत्प्रेरित गर्न सुरक्षाका लागि ढोका बसेका गार्डदेखि प्रिन्सिपलसम्मले प्रदर्शन गर्ने नम्र व्यवहार काठमाडौँ लिंकनको अर्को राम्रो राम्रो पक्ष रहेको उनको ठहर छ ।

विद्यालयले नयाँ शैक्षिक सत्रका लागि कक्षा १ देखि कक्षा १२ सम्म नै भर्ना खुलाएको प्रिन्सिपल राजेन्द्र पाण्डेले दैनिकीलाई जानकारी दिए । प्रिन्सिपल पाण्डेले विद्यालयले सिकाइ र संस्कारमा उत्कृष्ट कामगरिरहेको बताए । दैनिकीसँग कुरा गर्दै पाण्डेले भने, ‘हामीले हाम्रा विद्यार्थीहरूलाई ठूला चीजहरूको सपना देख्ने अनुमति दिन्छौँ। हाम्रो मुख्य लक्ष्य व्यक्तिगत क्षमताको पोषण गर्नु हो। हामी बुद्धि र प्रतिभामा विश्वास गर्छौं। विद्यार्थीहरूलाई सही समयमा प्रोत्साहन दिइयो भने बुद्धिमत्ता र प्रतिभाको विस्तार र वृद्धि हुनेछ । त्यसैले हामी विद्यार्थीहरूको सपना र आकांक्षालाई जीवित राख्ने लक्ष्य राख्छौँ र सोही अनुसारका काम गर्छौ ।’

प्रिन्सिपल पाण्डेले काठमाण्डौ लिंकन स्कूलको पाठ्यक्रम र अभ्यासहरूलाई निरन्तर अद्यावधिक गरिने गरेको बताउँदै भने, ‘काठमाडौं लिंकन स्कूलका विद्यार्थीहरूलाई उनीहरूको रुचीहरू पत्ता लगाउन र नयाँ विचारहरूको खोजी गर्न धेरै अवसरहरू प्रदान गरिन्छ । हामी धेरै क्लबहरू, गतिविधिहरू, खेलकुदहरू र हाम्रा विद्यार्थीहरूले भाग लिन सक्ने धेरै प्रकारका सांगीतिक कार्यक्रमहरूको प्रस्ताव गर्छौं। हाम्रा धेरै विद्यार्थीहरू विभिन्न अतिरिक्त क्रियाकलापहरूमा संलग्न भएका छन् र उत्कृष्ट पनि बनेका छन ।’

विद्यालयबाट बाहिरिदाँ विद्यार्थीहरूले आदर, निष्ठा, जिज्ञासा र उत्कृष्टताका मूल्यहरू देखाउन सक्षम हुनेछन् भन्ने कुरा सुनिश्चित गरिएको प्रिन्सिपल पाण्डेले बताए । प्राय विद्यालयमा अहिले पनि क्यान्टिन सञ्चालनका लागि ठेक्का दिने र पत्रु खानाहरूमा विद्यार्थीलाई बानी पार्ने काम गरिरहेका हुन्छन तर काठमाडौं लिंकन स्कुलमा विद्यालय आफैँले कर्मचारी राखेर स्वस्थकर खानाभन्दा बाहेकलाई प्रतिबन्ध गरेको छ । तारकेश्वर नगरपालिकामै उत्कृष्ट रहेको यस विद्यालयले विद्यार्थीको खेलकुदको चाहना पूरा गर्न आफ्नै फुटसल मैदान पनि तयार गरेको छ । जहाँ विद्यार्थीले खेल सिकिरहेका हुन्छन । टाढाबाट आउने विद्यार्थीको सुबिधाका लागि विद्यालयले नै यातायातको साधान समेत सञ्चालन गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार ०८:५५