१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

माओवादी केन्द्रका नेता कलाम अंसारी २० किलो गाँजासहित पक्राउ


२९ चैत, महोत्तरी । माओवादी केन्द्रका नेता कलाम अंसारी २० किलो गाँजासहित पक्राउ परेका छन । प्रहरीले महोत्तरीमा माओवादी केन्द्रका नेतासहित दुईजना पक्राउ गरेको हो । पक्राउ पर्ने माओवादी केन्द्रका नेता  अन्नसारी महोत्तरीको भंगाहा गरपालिका ६ का वडा सदस्य अर्थात जनप्रतिनिधि समेत हुन । उनी ३२ वर्षका रहेका छन । त्यस्तै प्रहरीले बर्दिवास नगरपालिका १० का ४० वर्षीय पदम स्याङ्दनलाइ पनि पक्राउ गरेको छ ।

बर्दिबास नगरपालिका १४ स्थित ट्राईल सेन्टर छेउबाट ईलाका प्रहरी कार्यालय बर्दिवासको टोलिलाई देख्नासाथ कलमसहितका तीन जना सेतो रंगको प्लाष्टिकको बोरा मकै बारीमा फालेर भागेका थिए । बोरामा २० किलो ९७४ ग्राम गाँजा बरामद भएको थियो । त्यसपछि खोजतलासको क्रममा कलामसहित दुइ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले जानकारी दिए । उनले दुबै जनालाइ जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको बताएका छन ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार २०:४५