१८ बैशाख २०८१, मंगलवार | Tue Apr 30 2024

सन् २०२४ मा मङ्गोलियाको जीडीपी ४.१ प्रतिशतले बढ्ने अनुमान


२९ चैत, उलानबटोर । मङ्गोलियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२४ मा ४.१ प्रतिशतले बढ्ने अनुमान गरेको छ । एसियाली विकास बैंक (एडीबी)का अनुसार मङ्गोलियाको जीडीपी यो सन् २०२३ मा सात प्रतिशतले वृद्धि भएको थियो ।

सन् २०२४ मा खानी र उच्च सरकारी लगानीका कारण आर्थिक वृद्धिमा केही टेवा पुग्नेछ । तर मङ्गोलियामा यस वर्ष चिसोका कारण कृषि क्षेत्रमा सङ्कुचन आउने अनुमान एडीबीले गरेको छ ।

प्रतिवेदनमा, बैंकले सन् २०२५ मा मङ्गोलियाको जीडीपी वृद्धि छ प्रतिशतमा पुग्ने अनुमान गरेको छ । जुन कृषि क्षेत्रको सुधार, खानी विस्तार र सेवाहरूको वृद्धिबाट सम्भव हुनेछ ।

सन् २०२३ मा मङ्गोलियाली अर्थतन्त्र बलियो देखिएको बताउँदै यही प्रवृत्ति जारी रहने मङ्गोलियाका लागि एडीबीका निर्देशक श्यानन काउलिनले बताए ।

“यस वर्ष, मौसम–सृजित प्रकोपबाट आर्थिक वृद्धि प्रभावित भई कृषि क्षेत्रमा उल्लेखनीय असर पारेको छ । अप्रिलको सुरुसम्ममा ६० लाखभन्दा बढी गाईवस्तु मरेका छन् भने यो सङ्ख्या बढ्ने क्रममा रहेको छ,” उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १७:१८