१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

गण्डकीमा मन्त्रालय फुटाएर ९ वटा बनाउने निर्णय


२९ चैत, काठमाडाैँ । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशमा रहेका ७ वटा मन्त्रालय फुटाएर ९ वटा पुर्याउने निर्णय गरेका छन्।मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय छुट्टै बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता तथा विना विभागीय मन्त्री हरिबहादुर चुमानले जानकारी दिए ।

गण्डकीमा यसअघि १२ वटा मन्त्रालय रहेकोमा २०७९ पुष २५ गते मुख्यमन्त्री नियुक्त भएपछि अधिकारीले नै घटाएर ७ वटा मन्त्रालय बनाएका थिए। अहिले भागबन्डा मिलाउन उनले फेरि बढाएर ९ वटा मन्त्रालय बनाउने निर्णय गराएका हुन्।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री कार्यालयबाट आन्तरिक मन्त्रालय बनाउने निर्णय भएको चुमानले जानकारी दिए । त्यस्तै, बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार १३:४१