१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

लगातार बढेको सुनको भाउ आज घट्यो, यस्तो छ प्रतितोला मूल्य


२९ चैत, काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। गत आइतबारदेखि लगातार बढिरहेको सुनको मूल्य बिहीबार भने घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर छापावाला प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबारको दिन बुधबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३६ हजार १५० रुपैयाँ कायम थियो । आज चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ११:२७