१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सर्वासाधारणलाई आईपीओ निष्कासन गर्दै दुई कम्पनी


२९ चैत, काठमाडौँ । विभिन्न दुई कम्पनीले सर्वासाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएका छन् । निलगिरी खोला हाईड्रोपावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले सर्वासाधारणका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् ।

निलगिरी खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको मुख्य एजेण्डा पारित गर्न आगामी वैशाख २० गते विशेष साधारण सभा बाेलाएकाे छ । साे सभा काठमाडाैंकाे लाजिम्पाटमा रहेको आरबी कम्प्लेक्समा बिहान १०.३० बजे आयोजना हुनेछ ।

सभामा सर्वासाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन(आईपीओ)गर्ने ,प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने,सर्वसाधारणलाई छुटुटाइएको सेयर बाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्ण गर्ने लगायतका विशेष प्रस्ताव पारित गरिनेछ ।

त्यस्तै, पियोर इनर्जी लिमिटेडले  आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न आगामी वैशाख १६ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आईपीओ निष्कासन गर्ने र ऋण सुविधा प्राप्त गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग गर्दै गत माघ २९ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो । कम्पनीले १६ करोड रुपैयाँ बराबरको रु.१०० अंकित दरका १६ लाख कित्ता आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको हाे। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहीबार ०९:४०