१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

एक कम्पनीको १५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


२८ चैत, काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ आजसम्म (चैत २९ गते इदको सार्वजनिक बिदा परेकाले) नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार १०:२७