१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सेयर बिक्री गर्दै कुमारी बैंक, यस्तो छ न्यूनतम मूल्य


२८ चैत, काठमाडौँ। कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सेयर आजदेखि बिक्रीमा राखेको छ । बैंकदे  आफ्नो स्वामित्वमा रहेको इन्स्योरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ निर्धारण गरिएको छ । सो सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौँको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा के कति दरमा खरिद गर्न चाहेको हो उल्लेख गरी आगामी जेठ १ गतेसम्म आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार ०९:३९