१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको संयोजकमा सन्तोषी गौतम


एडिलेड । नेपालमा सामाजिक काम गर्न विदेशमा रहेका नेपालको संस्था हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाको संयोजकमा सन्तोषी गौतम चयन भएकी छिन् ।

गौतमले नेटवर्कको विधान बमोजिम छिट्टै सबै स्टेट संयोजकहरुको चयन गरेर कार्य अगाडी बढाउने बताईन । उनले नेपालमा खासगरि महिलाको क्षेत्रमा विभिन्न कार्य अगाडि बढाउने बताईन् । 

एडिलेडमा एक कार्यक्रम विच ब्रिसवेनका केशव वानियाले अष्ट्रेलिया संयोजकको पदहस्तान्तरण गरेका थिए । संस्थाका महासचिव डिला खरेलले नयाँ नेतृत्वको घोषणा गर्दै संस्थाको उद्देश्य माथी प्रकाश पारेका थिए ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाश राज पोखरेलले नयाँ नेतृत्वलाई बधाई दिदै हेल्प नेपालले नेपालीहरुको हितमा संचालन गरेका कार्यक्रमहरु सफल रहुन् भन्दै संस्थालाई उद्देश्य प्राप्तीको समेत शुभकामना दिएका थिए ।

साउथ अष्ट्रेलियाकी पुर्व मन्त्री जिङ्ली, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरी , एडिलेड नेप्लिज क्रिकेट एशोशियसनका अध्यक्ष बिजय जोशी, सामाजिक अगुवा दिपक विष्ट लगायतका बक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

सन् १९९९ को उत्तरार्धमा सञ्जालका पहिलो दुई अध्यायहरू बेलायत र नेपालमा एकैसाथ स्थापना भएका थिए र त्यसपछि यो सञ्जाल दर्जनौं देशहरूमा विस्तार भइसकेको छ। अब अष्ट्रेलिया, संयुक्त राज्य अमेरिका, बेलायत, नेपाल र स्वीडेनका च्याप्टरहरू प्रत्येक या त परोपकारी वा गैर-नाफामुखी संस्थाको रूपमा उपयुक्त रूपमा दर्ता भएका छन्। हेल्प नेपालका टोली वा प्रतिनिधिहरू अस्ट्रिया, क्यानडा, डेनमार्क, आयरल्यान्ड, न्युजिल्यान्ड, रुस, साउदी अरेबिया, दक्षिण कोरिया र कतारमा पनि सक्रिय छन्।

नेटवर्कको उद्देश्य नेपाली र विश्वभरका नेपाललाई माया गर्नेहरूलाई स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न प्रोत्साहित गर्नु हो नेटवर्कको उद्देश्य नेपाली र विश्वभर नेपाललाई माया गर्नेहरूलाई स्वास्थ्यको क्षेत्रमा सहयोग गर्न प्रोत्साहित गर्नुरहेको बताईएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १८:०६