१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

नेप्सेमा सुधार, तीन फाइनान्स कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट


२७ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा बन्द भएको छ । मंगलबार ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९८९ रुपैयाँ बराबरको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर कारोबार भएको छ।

मंगलबार नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन विन नेपाल लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १५:२९