१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

सूर्यज्योति लाइफ इन्स्योरेन्ससहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता


२७ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ९.१९ अंकले बढेर २०३६.०१ बिन्दुमा बन्द भएको छ ।

मंगलबार सूर्यज्योति लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १८ करोड ८ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, गोर्खाज फाइनान्सको १६ करोड ५ लाख ९ हजार रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको १५ करोड ४५ लाख ५५ हजार रुपैयाँ, नेपाल फाइनान्सको १५ करोड ३६ लाख २१ हजार रुपैयाँ र पोखरा फाइनान्सको १० करोड ४६ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार १५:२०