१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

लाभांश प्रस्ताव पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज बस्दै


२७ चैत, काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को वार्षिक साधारण सभा आज बस्दैछ । गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको २७ औं साधारण सभा आज डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे बस्न लागेको हो । सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

साथै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसको अर्थ चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलवार ०९:२३