१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

८ बीमा कम्पनीले सार्वजनिक गरे बोनस दर


२६ चैत, काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ८ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरूले गत आर्थिक वर्ष २०७९/८० को लागि बोनस दर सार्वजनिक गरेका हुन्। हालसम्म रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, एशियन लाइफ, आइएमई लाइफ, मेट लाइफ, सन नेपाल लाइफ, राष्ट्रिय जीवन बीमा कम्पनी र सूर्यज्योति लाइफले नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । बाँकी कम्पनीहरूले अझै पनि बोनसदर सार्वजनिक गरेका छैनन् । गत आर्थिक वर्षको आर्थिक लेखा जोखा तथा दायित्व मुल्याङ्कनका आधारमा  यी कम्पनीहरूले बोनस दर निर्धारण गरेका हुन् ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स

रिलायबल सावधिक जीवन बीमालेखमा ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ र २० वर्षभन्दा माथिको ७० रुपैयाँ, लघु सावधिक जीवन बीमालेख योजनाको सबै बीमा अवधिमा ३० रुपैयाँ, रिलायबल सजिलो जीवन बीमा (एकल तथा सिमित अवधि भुक्तानी) योजनाको सबै बीमा अवधिमा २५ रुपैयाँ बोनस दर तोकेको छ ।

रिलायबल सुलभ जीवन बीमालेख तथा सुलभ बाल जीवन बीमालेख प्लस योजनामा ५ देखि ९ वर्ष अवधिको २४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३२ रुपैयाँ र २० वर्षभन्दा माथिको ४० रुपैयाँ बोनस निर्धारण गरेकाे छ ।

रिलायबल उच्च शिक्षा योजना (बालबच्चाको सावधिक बीमालेख)मा ५ देखि १४ वर्ष अवधिको ६० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ र २० वर्षभन्दा माथि अवधिको ६५ रुपैयाँ, सावधिक तथा आजीवन बीमा योजनामा ५ देखि ९ वर्ष अवधिको ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षभन्दा माथिको ५० रुपैयाँ बोनस कम्पनीले जनाएकाे छ ।

रिलायबल समुन्नती जीवन बीमा योजनाको सबै बीमा अवधिमा प्रतिहजार २० रुपैयाँ, रिलायबल अग्रिम भुक्तानी सावधिक बीमा योजनामा १०, १२ र १४ वर्ष अवधिको ५० रुपैयाँ र १६, १८ र २० वर्ष अवधिको ५५ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्स

सिटिजन्स लाइफ इन्स्योरेन्सले अग्रिम भुक्तानी सावधिक (रेगुलर) जीवन बीमा लेखमा १० देखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४९ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, वार्षिक अग्रिम भुक्तानी सावधिक बीमा लेखमा ० देखि ९ वर्ष अवधिको २५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको २७ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको २७ रुपैयाँ, २० वर्षभन्दा माथिको २८ रुपैयाँ बोनस दर तोकेको छ ।

सिटिजन शुभारम्भ (सावाधिक प्लस) बीमालेखमा ० देखि ९ वर्ष अवधिको ३५ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४६ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६५ रुपैयाँ र ३० वर्षभन्दा माथिको ७५ रुपैयाँ बोनसदर कायम भएकाे छ ।

सावधिक (रेगुलर)जीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षमाथिको ७३ रुपैयाँ, सिटिजन बाल भविष्य योजना (सावधिक बीमालेख)मा १० देखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५२ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६७ रुपैयाँ बोनसदर ताेकिएकाे छ ।

सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना)मा ० देखि ९ वर्ष अवधिको ३७ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६२ रुपैयाँ र ३० वर्षमाथिको ७७ रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

एशियन लाइफ इन्स्योरेन्स

एशियन लाइफ इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमालेखमा न्युनतम ६१ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमध्ये शून्यदेखि १४ वर्ष अवधिको ६१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ६२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ६४ रुपैयाँ र २५ वर्षदेखि माथिको ७५ रुपैयाँ बोनस तोकेको छ ।

सावधिक जीवन बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको ६५ रुपैयाँ निर्धारण गरेको छ । बालबालिकाको सावधिक जीवन बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५३ रुपैयाँ र २५ वर्षदेखि माथिको ६० रुपैयाँ बोनस कायम गरेकाे छ ।

सामूहि सावधिक, नवरत्न, जीवन संजीवन, दम्पत्ति सरक्षा प्लस, एशियन वार्षिक धनलाभ, बालउच्च शिक्षा, भविष्य निधि बीमालेखमा शून्यदेखि १४ वर्ष अवधिको ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्षदेखि माथिको ५० रुपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १० वर्ष अवधिको ५० रुपैयाँ, १२ वर्ष अवधिको ५० रुपैयाँ, १५ वर्ष अवधिको ६० रुपैयाँ, १८ वर्षको ६५ रुपैयाँ, २० वर्षको ७० रुपैयाँ र २५ वर्षको ७० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएकाे छ ।

आइएमई लाइफ इन्स्योरेन्स

आइएमई लाइफ इन्स्योरेन्सले सावधिक, बाल सावधिक तथा सामूहिक सावधिक बीमा योजनामा ९ वर्ष अवधिको ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५२ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६७ रुपैयाँ र ३० वर्षभन्दा माथिको ७० रुपैयाँ बोनस दर ताेकेकाे छ ।

सावधिक तथा सामुहीक जीवन बीमालेखमा ९ वर्ष अवधिको ३२ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ देखि २९ वर्ष अवधिको ६५ रुपैयाँ र ३० वर्षभन्दा माथिको ८० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३८ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४८ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६३ रुपैयाँ बोनसदर कायम गरेकाे छ ।

बाल अग्रिम भुक्तानी सावधिक बीमालेखमा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ३७ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५० रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६५ रुपैया, वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण)मा १० देखि १४ वर्ष अवधिको ३० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४४ रुपैयाँ र २५ देखि २९ वर्ष अवधिको ६० रुपैयाँसम्म र वार्षिक अग्रिम भुक्तानी सावधिक (धन सरिता) जीवन बीमालेखको सबै अवधिमा २२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

मेट लाइफ इन्स्योरेन्स

मेट लाइफ इन्स्योरेन्सले शिक्षा संरक्षण बीमालेखमा १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ र २१ वर्षभन्दा माथिको ८० रुपैयाँ, सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिको ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ७० रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको अवधिको ८० रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा १ देखि १५ वर्ष अवधिको ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको ५५ रुपैयाँ, २१ वर्ष अवधि वा सोभन्दा माथिको ६५ रुपैयाँ बोनस दर कायम गरेको छ ।

सन नेपाल लाइफ

कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितले न्यूनतम २५ देखि अधिकतम ७५ रुपैयाँसम्म बोनस पाउनेछन् । कम्पनीका अनुसार सनलाइफ सावधिक जीवन बीमालेखमा बीमितले बीमा अवधिका अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतममा ५० रुपैयाँसम्म प्रतिवर्ष र प्रतिहजार रुपैयाँ बोनस पाउनेछन् ।

त्यस्तै, भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावधिक) मा बीमा अवधि अनुसार न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बीमितले बोनस पाउनेछन् ।

त्यसैगरी, बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावधिक बीमा) मा बीमितले बीमा अवधि अनुसार ३० रुपैयाँदेखि ५० रुपैयाँ प्रतिहजारका दरले बोनस पाउने भएका छन् । सुनौलो सावधिक जीवन बीमामा पनि १५ देखि १९ उमेर समूहका बीमितले ३० रुपैयाँ र २० देखि २४ उमेर समूहका बीमितले ५० रुपैयाँ प्रतिहजारका दरले बोनस पाउने भएका छन् ।

कम्पनीले नवीन आजिवन बीमालेख (सावधिक तथा आजीवन) मा बीमालेख अवधि अनुसार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतममा ७५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । यता सार्थक आजीवन बीमालेख (अग्रिम भुक्तानी तथा आजीवन) मा सबै बीमा अवधिका लागि ४२ रुपैयाँ बोनसदर कायम गरिएको छ । सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावधिक बीमा योजनाहरु (धनलक्ष्मी बीमा योजना समेत) मा कम्पनीले २५ रुपैयाँदेखि २७ रुपैयाँसम्म बोनस दिने भएको छ ।

कम्पनीले धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमाामा बीमा अवधि अनुसार बीमितलाई न्यूनतम २५ रुपैयाँदेखि अधिकतममा २७ रुपैयाँसम्म बोनस निर्धारण गरिएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी

राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी जारी गरेको सबै प्रकारको बीमालेखहरुमा प्रतिहजार प्रति वर्ष ६५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको हो ।

कम्पनीको (साविक राष्ट्रिय बीमा संस्थान) को आर्थिक वर्ष २०६७/ ६८ देखि आर्थिक वर्ष २०६९/ ७० सम्म कायम रहेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्याङ्क सम्बन्धी बीमाङ्कीय मूल्याङ्क प्रतिवेदन प्राधिकरणबाट माघ १७ गते स्वीकृत भएको छ । सोहि अनुसार नयाँ बोनसदर निर्धारण गरिएको कम्पनीले जनाएको छ ।

सूर्यज्योति लाइफ इन्स्योरेन्स

सुर्यज्योति लाइफले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार बीमितले न्युनतम २० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीले सावधिक जीवन बीमा योजनामा बीमा अवधि अनुसार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यसमा सुरक्षित बचत जीवन बीमा योजना–०१, सुनौलो भविष्य बाल जीन बीमा योजना–०५, एकल तथा सिमित अवधि भुक्तानी (विकल्प १) योजना–०६ र एकल तथा सिमित अवधि भुक्तानी (विकल्प २) योजना–०७ जस्ता बीमा योजना रहेका छन् ।

त्यसैगरी कम्पनीले सावधिक तथा आजीवन बीमा योजनाको सुरक्षित भविष्य जीवन बीमा योजना–०३ मा बीमा अवधि अनुसार ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दिने भएको छ । यता, सावधिक तथा आजीवन बीमा योजनाकै सुदर्शन सावधिक तथा आजीवन बीमा–५२ मा भने बीमा अवधि अनुसार ४० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनस दिने निर्णय कम्पनीले गरेको छ ।

अग्रिम भुक्तानी सावधिक बीमा योजनाको धन लाभ जीवन बीमा योजना–०२ र थ्रि ट्वेन्टी धन बहार जीवन बीमा योजना–०९ मा बीमितले ४३ रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनस पाउने भएका छन् । त्यस्तै, कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमा योजनाकै आसाधन अग्रिम भुक्तानी जीवन बीमा योजना–६१।६२, धनवृद्धि जीवन बीमा योजना (अग्रिम भुक्तानी)–६३।६४।६५, सजिलो (वार्षिक) भुक्तानी जीवन बीमा योजना–६६ र अग्रिम भुक्तानी बाल जीवन बीमा योजना–७३ मा बीमा अवधिअनुसार ४२ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस दिने भएको छ ।

त्यस्तै, चौरासी पुजा अग्रिम भुक्तानी (नियमित) बीमा योजनामा ४५ रुपैयाँदेखि ७० रुपैयाँसम्म, चौरासी पुजा अग्रिम भुक्तानी (एकल) बीमा योजनामा ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म र इजि पे अग्रिम भुक्तानी बीमा योजनामा बीमा अवधि अनुसार बीमितले २० रुपैयाँदेखि ३० रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०८०, सोमबार १३:५४