१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

एमाले बेलकोटगढी ११ काे अध्यक्षमा केशव पाण्डे


२४ चैत, नुवाकाेट । नेकपा एमाले बेलकोटगढी वडा नम्बर ११ को दोस्रो अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले केशव पाण्डेको अध्यक्षतामा १९ सदस्यिय सर्वसम्मत कमिटी गठन गरेको हो । उपाध्यक्षमा प्रकाश तामाङ, सचिवमा आरके तामाङ, उप सचिवमा रिता तामाङ र सविन तामाङ तथा सदस्यहरूमा उत्तर बहादुर तामाङ, मधु रेग्मी, केशव कोइराला, तिल प्रसाद रैला, शिव मुडभरी, राधेश्याम पाण्डे, माधव पाण्डे, गोपी पाण्डे, रूवी सुनार, राम कहादुर तामाङ, चन्द्र बहादुर तामाङ, शशि तिवारी, राकेश तामाङ र मुरली तामाङ रहेका छन् ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवं पूर्वमन्त्री केशवराज पाण्डेले नव गठित कमिटीलाई बधाइ दिँदै पार्टी संगठनलाई गाउँ तथा टोलसम्म विस्तार गर्नुपर्नेमा जोड दिए । उनले आपसी असमझदारीलाई भुलेर देश र जनाताको हितमा काम गर्न आग्रह गरे । एमालेले गरेका राम्रा कामहरूलाई आम जनतामाझ लैजानुपर्नेमा उनको जोड थियो । जिर्ण अवस्थामा गएको देशलाई सहि दिशामा ल्याउनका लागि एमाले सरकारमा गएको समेत उनले बताए ।

कार्यक्रममा बागमती प्रदेश कमिटीका पूर्व सदस्यहरू राजेन्द्ररमण खनाल, वाशु कडुवाल, जिल्ला कमिटी सचिव शुदर्शन नेपाललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार २३:३३