१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

आयरल्याण्ड ‘ए’ ले जितका लागि नेपाललाई दियो १७५ रनको लक्ष्य


२३ चैत, काठमाडौं । आयरल्यान्ड ए ले दोस्रो एकदिवसीय खेलमा नेपाल ए लाई १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ३८.४ ओभरमा १७४ रनमा अल आउट भयो ।

आयरल्यान्डका गेभिन होईले ५९ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए । लियम म्याकार्थीले ३५ रन बनाए । कप्तान निल रकले ४५ र पेटर मुरले १७ रन बनाए । नेपालका साहब आलम र रिजन ढकालले तीन–तीन विकेट लिए । मौसम ढकालले दुई विकेट लिँदा कमलसिंह ऐरीले एक विकेट लिए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार १२:५३