गोर्खाज फाइनान्सको ६२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा
२० चैत, काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडले सर्वसाधारणका लागि सेयर बिक्रीमा राखेको छ । कम्पनीले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा हो। बिक्रीमा राखिएको सेयरमा जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले काठमाडौंको डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात सहित आवेदन दिनुपर्नेछ।
प्रकाशित मिति : २० चैत्र २०८०, मंगलवार ०९:४७