१७ बैशाख २०८१, सोमबार | Tue Apr 30 2024

बालाजु अटो वर्कसको म्यानेजरर्स मीट २०२४ सम्पन्न, महिन्द्रा केयर फेस्टका उत्कृष्ट डिलर सम्मानित


१८ चैत, काठमाडाैँ । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपको बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ सफलतापूर्वक सम्पन्न गरेको छ । धुलिखेलमा भएको सर्भिस एण्ड पार्ट्स म्यानेजर मीटमा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा र एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धर, अग्नि ग्रुप, नेटवर्क्सका उच्च अधिकारीहरूको उपस्थितिमा भएको मीटमा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरिएको थियो ।

सो अवसरमा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक शर्माले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरे । उनले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई उजागर गर्न सकिने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा विजेताहरुलाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक शर्मा, कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका विभाग प्रमुखहरुले महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरहरुलाई बिभिन्न उपाधिले सम्मानित गरेका थिए । जसमा बेस्ट फोटो अफ द केयर फेस्ट अग्नि आस्था इटहरी, बेस्ट कस्टमर इन्गेजमेन्ट ओम श्री बाराही अटो वर्कस, हाइएस्त एम ट्रयाक इनरोलमेन्ट अग्नि आस्था इटहरी, हाई पफर्मर अग्नि आस्था भैरहवा, हाई याचिबर ठाकुर अटो केयर सेन्टर प्रालिले जितेको छ ।

त्यस्तै म्यनाजर्स मीट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने ओम श्री बाराहीबाट बेस्ट कस्टमर केयर एक्जिक्युटिव २०२४  र बिनिता के.सी सेन्ट्रल सर्भिस सेन्टरबाट बेस्ट सर्भिस म्यानेजर २०२४ सशी पजियरले प्राप्त गरेका छन । साथै एम.के इंकॉर्पोरेटेड प्रा.लि.बाट बेस्ट स्पेयर पार्ट्स म्यानेजर २०२४ राजेश लाघेलाई प्रादन गरिएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार १६:३०