१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

प्रभु बैंकको कार्यालय स्थानान्तरण हुने, लकर सुविधा लिएकालाई जारी गर्यो यस्तो सूचना


१५ चैत, काठमाडौँ। प्रभु बैंकको महेन्द्रनगर शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको महेन्द्रनगर शाखा कार्यालय भिमदत्त नगरपालिका गल्ली न।३ अस्पताल लाइनबाट स्थानान्तरण गरी महेन्द्रनगर बजार गल्ली न ५ पुरानो सनराइज बैंक भवनमा सारिने जनाएको छ ।

नयाँ स्थानबाट चैत २५ गतेदेखि कारोबारको थालनी हुने बैंकले जनाएको छ । साथै, शाखा कार्यालयसँगै लकर समेत स्थानान्तरण हुने हुँदा लकरमा भएको सामान समेत सुरक्षित तवरले स्थानान्तरण हुने बैंकले जनाएको छ ।

शाखा कार्यालय स्थानान्तरण गर्ने बेलामा लकरमा भएको सामान टुट फुट समेत हुन सक्ने हुँदा लकरमा भएको सामानलाई सुरक्षित स्थानमा राख्न चाहेमा चैत २३ दिउँसो २ बजेभित्र बैंकको शाखा कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ । तोकिएको समयभित्र बैंकको सम्पर्कमा नआएमा यसै सूचनालाइ आधार मानि लकर स्थानान्तरण  गरिने अन्यथा स्थानान्तरण हुँदा सामान टुटफुट भएमा बैंक जवाफदेहि नहुने बैंकले स्पष्ट पारेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ०९:५६