१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा मुद्वती निक्षेपबाट कर्जा लिन सकिने


१४ चैत, काठमाडाैँ । अब कुमारी बैंकमा मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका बचतकर्ताले कुमारी बैंकको मोबाइल बैंकिङ एपद्वारा निक्षेपको ९० प्रतिशत सम्म कर्जा सुबिधा सजिलै र तुरुन्तै लिन सक्ने भएका छन् ।

हालसम्म यो सेवा लिनका लागी बचतकर्ता स्वयम् बैंकको शाखामा उपस्थित हुनुपर्ने अवस्था भएकोमा अब भने बैंकले आफ्नो एपको पछिल्लो संस्करणमा बचतकर्ताको समयको महत्वलाई मध्यनजर गर्दै अब देखी सो सेवा घर बसेर नै लिन सकिने व्यवस्था गरेको जनाएको छ ।

मोबाइल बैंकिङ एपद्वारा कर्जा लिँदा ब्याजदरमा ०.२५ प्रतिशत छुट पनि रहेको छ भने यस्तो प्रकारको कर्जा लिनको लागी कुनै पनि किसिमको कागजी प्रकृयाहरु नहुने र मोबाइल बैंकिङ एपमार्फत यो सुबिधा चौबिसै घण्टा उपलब्ध रहने बैंकले जनाएको छ ।

निक्षेपकर्तालाई आवश्यकता परेका अवस्थामा निक्षेपकर्ताले आफ्नो मुद्वती निक्षेपलाई रद्व नगरी, मोबाइल बैंकिङ एपमार्फत सामान्य केहि क्लिकहरु गरेको आधारमै आफ्नो बैंक खातामा तुरुन्तै कर्जाको रकम प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६५ शाखारहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १७:४३