१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


१४ चैत, काठमाडाैँ। नेपाल एसबिआई बैंकले ग्लोबल मनि विकको अवसरमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले कलेज विद्यार्थीहरूलाई बचतको महत्व, ऋण र लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगीको पहिचान, सेयर बजार र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणाहरुलगायत वित्तीय साक्षरताका विभिन्न पक्षहरूमा शिक्षित गराउने उद्देश्य राखेको बैंकले जनाएको छ ।

न्यूरोड, भक्तपुर, पाटन, बरगाछी, वीरगन्ज, जनकपुर, डडेल्धुरा, वालिङ, टेकु, हेटौंडा, पीपीओ पोखरा, दुलेगौंडा, विराटनगर, चन्द्रनिगापुर,कोहलपुर, मणिग्राम, दाङ लगायतका विभिन्न शाखामा सञ्चालित कार्यक्रममा करिब आठ सय जनाको सहभागिता रहेको बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १७:३३