सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट, सेयरमूल्य १ हजार नजिक
१४ चैत, काठमाडौँ । सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा छैठौं दिनमा पनि सकारात्मक सर्किट लागेको छ । दोसो बजारमा कारोबारमा आएको लगातार छैठौं दिनसम्म पनि कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो ।
यस दिन कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८९.५० रुपैयाँले बढेर ९८४.६० रुपैयाँ पुगेको छ । कम्पनीले प्रतिकित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको थियो ।
प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १२:२४