१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

इलाम र बझाङको उपनिर्वाचनमा उम्मेदवारी दिने माओवादी केन्द्रको निर्णय


१४ चैत, काठमाडौँ । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको हो ।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:५३