१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

एमाले गण्डकी प्रदेश सम्पर्क कमिटीको अधिवेशनमा कुर्सी हानाहान, मतपरिणाम घोषणा स्थगित


१३ चैत, काठमाडौँ । नेकपा एमालेको गण्डकी प्रदेश सम्पर्क कमिटीको अधिवेशनमा कुर्सी हानाहान भएको छ । फर्जी मतको विषयले गर्दा अधिवेशन सुरू भएको पाँचौ दिनसम्म पनि मतपरिणाम घोषणा हुन सकेको छैन । अधिवेशनबाट अध्यक्षमा राजेन्द्र आचार्य विजयी भएका छन भने कार्यसमितिको उपाध्यक्ष बाहेकका सदस्यहरू पनि विजयी भएका छन । तर उपाध्यक्षको मत बराबर हुँद र अध्यक्षमण्डलको भूमिका प्रभावकारी नहुँदा मतपरिणाम घोषणा हुन सकेको छैन ।

वनस्थलीको च्छोरोल्पा पार्टी प्यालेसमा चैत ९ गते सम्पर्क मञ्चको अधिवेशन उद्घाटन भएको थियो । त्यसको भोलिपल्ट निर्वाचनको कार्यक्रम पार्टी मुख्यालय च्यासलमा सुरू गरिएको थियो । तर चैत १३ गतेको अहिलेको समयसम्म मतपरिणाम घोषणा हुन सकेको छैन । स्रोतका अनुसार एमाले केन्द्रीय सदस्य एवं सम्पर्क कमिटीको इन्चार्ज कल्पना थापाको भूमिकाका कारण अधिवेशन थप विवादित बनेको छ ।

एक जनाको नाममा अर्कैले मतदान गरेपछि विवाद उत्पन्न भएको थियो । मतदान भैसकेको नाममा समेत पुनः पछि सोही नामको मतदाता आएपछि पुन मतदानको अधिकार दिइएको थियो । त्यसपछिको विवादमा अध्यक्षमण्डलले उक्त मतलाइ विवादित मान्ने र निर्णायक अवस्था अर्थात बराबर भएमा उक्त मत प्रयोग गर्ने घोषणा गरेपछि सहमति भएको थियो । तर पछि उपाध्यक्षका उम्मेदवार पदमकुमारी गिरी र ऋषिराम उपाध्यायको मत बराबर भएपछि पनि उक्त मत निर्णायक रूपमा प्रयोग नभएपछि कुर्सी हानाहानको परिस्थिति सिर्जना भएको थियो । त्यसपछि अध्यक्षमण्डलले मतपरिणाम घोषणा नगरी मंगलबार २ बजे दुबै पक्षलाइ पार्टी कार्यालयमा बोलाएको छ । अधिवेशनको अध्यक्षमण्डलको अध्यक्ष इन्द्र भण्डारी रहेका छन ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १२:०३