१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

फर्स्ट माइक्रोफाइनान्सको साढे १ लाख कित्ता सेयर बिक्रीमा, सर्वसाधरणले पनि किन्न पाउने


१३ चैत, काठमाडौँ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि केही संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी प्रभु बैंक लिमिटेडको स्वामित्वमा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा जो कोहि व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले पनि खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले चैत १५ गतेभित्र न्यूनतम १५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि नक्सालमा रहेको मुक्तिनाथ क्यापिटलको कार्यालयमा आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार ०९:५७