१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

यूनाइटेड अजोड इन्स्योरेन्सको १ लाख ४९ हजार कित्ता सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


१३ चैत, काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी सन्दिप खेतानको नाममा रहेको ९९ हजार ४११ कित्ता र जुलि चाचानको नाममा रहेको ४९ हजार ७०५ कित्ता गरी कुल १ लाख ४९ हजार ११६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सो सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७० रुपैयाँ  तोकिएको छ । विद्यमान संस्थापकहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र सुन्धारामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार ०९:४५