१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

नेप्सेमा ७ लाख ५४ हजार कित्ता बोनस सेयर सूचिकृत


१२ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा तारागाउँ रिजेन्सी होटलको ४ प्रतिशत बोनस बापतको ७ लाख ५४ हजार ६६१.६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १६:०६