१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

सर्वोत्तम सिमेन्टको सेयरमा चौथो दिन पनि सकारात्मक सर्किट, मूल्य ८१३ रुपैयाँ ८० पैसा पुग्यो


१२ चैत, काठमाडौँ । दोस्रो बजारमा कारोबार सुरु भएको चौथो दिनमा पनि सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वोत्तम सिमेन्टको चौथो कारोबार दिन ८१३ रुपैयाँ ८० पैसामा सेयर खरिद बिक्री भइरहेको छ ।

उक्त सिमेन्ट कम्पनीको सेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको थियो । नेप्सेले कम्पनीलाई न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।  सर्वोत्तमले प्रतिकित्ता अंकित दर १०० रुपैयाँमा २६०.९० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १२:४९