१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

इलाम २ मा स्वर्गीय सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय


११ चैत, काठमाडाैँ । नेकपा (एमाले)ले इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमालेको केन्द्रीय सचिवालयको बैठकले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

संविधानसभा अध्यक्ष समेत रहेका एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधनपछि इलाम २ को प्रतिनिधिसभा सदस्य खाली थियो । एमालेले यसअघि फागुन २६ मा सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको थियो । अधिवक्ता समेत रहेका सुहाङले आफ्नो चुनावी अभियान यसअघि नै सुरू गरिसकेका छन ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार १५:४१