१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

लुम्बिनी गुरुयोजना पूरा गर्न पर्यटनमन्त्री तामाङको निर्देशन


१० चैत, लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । कोषका पछिल्ला गतिविधि र अवस्थाबारे आज यहाँ जानकारी लिनुहुँदै उहाँले बुद्धजन्मस्थल लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्ने गरी बजेट सुनिश्चिताका लागि आफूले पहल गर्ने बताउनुभयो ।

मन्त्री तामाङले गुरुयोजना विपरीत संरचना बनेको, युनेस्कोको असहमति रहेकाजस्ता विषय आइरहेकाले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले लुम्बिनी विश्वका एक अर्ब बौद्ध समुदायको आस्थाको केन्द्र भएकाले पर्यटनमैत्री व्यवहारका लागि आफू लागिपर्ने बताउनुभयो ।

त्यस अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले लुम्बिनी गुरुयोजनाका बाँकी काम पूरा गर्न पर्याप्त बजेटको आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन मन्त्री तामाङसँग आग्रह गर्नुभयो । छलफलमा सदस्यसचिव सानुराजा शाक्यले कोषका हालसम्मका गतिविधि, यसको कार्यक्षेत्रलगायत विषयमा जानकारी गराउनुभयो । छलफलमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, योजना प्रमुख स्मिता भट्ट, कार्यकारिणी सदस्य रामनरेश कोहार, श्याम रोक्का, विश्वराज पौडेल, परिषद्का सदस्य गोपिकृष्ण शर्मालगायतको उपस्थित थियो ।

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार १६:४८