१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

नारी निकुञ्ज साउथ अष्ट्रेलियाको क्यान्सर सम्बन्धी चेतना मुलक कार्यक्रम


एडिलेड । एनआरएनए नारी निकुञ्ज साउथ अष्ट्रेलियाको आयोजनामा क्यान्सर सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

क्यान्सर काउन्सीलका विज्ञ र नेपाली समुदायका सदस्यहरुका विचमा एक अन्तरक्रिया आयोजना गरिएको थियो । क्यान्सर काउन्सील साउथ अष्ट्रेलियाको वरिष्ठ रोकथाम परियोजना अधिकृत तामारा शिप्लेले क्यान्सर कसरी हुन्छ र यसको निदानको उपायका विषयमा जानकारी गराएकी थिईन । उनले अष्ट्रेलियामा क्यान्सर दिन प्रतिदिन गम्भिर बन्दै गए पनि सचेत भएर समयमा नै समस्याको पहिचान हुन सके उपचार संभव भएको बताउदै संभावित रोगका लक्षणहरु माथी प्रकाश पारेकी थिईन । उनले स्तन क्यान्सर विशेष जोड दिदै यसका विविध पक्ष वारेमा प्रकाश पारेकी थिईन ।

स्थानिय ग्याल्याण्डर कम्युनिटी सेन्टरको सभा हलमा आयोजित कार्यक्रममा उपस्थित सहभागीहरुले गरेका क्यान्सरको जाच गर्ने विधि सहितका विभिन्न प्रश्नमा समेत विज्ञ शिप्लेले आफ्नो भनाई राखेकी थिईन् ।

कार्यक्रममा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्काले कार्यक्रमको सहजीकरण गरेकी थिईन् । 

नेपालबाट आउनु भएका अभिभावकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्त्य राख्दै एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा साउथ अष्ट्रेलिया संयोजक संजय पुरीले एनआरएनए गतिविधि माथी प्रकाश पारेका थिए । कार्यक्रमको समापनमा नारी निकुञ्ज एनआरएनए साउथ अष्ट्रेलिया संयोजक रिज्नु अधिकारीले विज्ञ सहित सहभागी, अतिथिहरु तथा सहयोगीहरुलाई धन्यवाद व्यक्त गरेकी थिईन | 

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार १५:५८