१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

नेप्सेमा ५९ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत


८ चैत, काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा घोराही सिमेन्टको १५ प्रतिशत बोनस बापतको ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आवका लागि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यहि बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै अब आइतबारदेखि उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १६:४९