१६ बैशाख २०८१, आईतवार | Mon Apr 29 2024

कुमारी बैंकको ३ लाख ४ हजार कित्ता सेयर बिक्रीमा


८ चैत, काठमाडौँ ।  कुमारी बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख ४ हजार ७२१ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

बिक्रीमा राखिएको सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति आज (चैत ८ गते) बाट ३५ दिनभित्र सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटलको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

साथै, तोकिएको समयअवधिभित्र बिक्रीमा राखिएको सेयर खरिदका लागि संस्थापक सेयरधनीबाट कुनै पनि खरिद आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १४:५७