१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


८ चैत, काठमाडौँ । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । ग्रीन डेभलपमेन्ट बैंक र साल्ट ट्रेडिङ कर्पोरेसनको लाभांश सुरक्षित गर्ने आज (चैत ८ गते) अन्तिम दिन रहेको हो । यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार चैत ९ गते बुक क्लोज गर्दैछन् । यसकाे अर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७९/८० का लागि ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले आगामी चैत २७ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त सभाबाट कम्पनीको प्रस्तावित लाभांश पारित गरिनेछ ।

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले पनि गत आवका लागि १५ प्रतिशत बोनस सेयर र ०.७१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७१ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले आगामी चैत २३ गते आयोजना गर्ने वार्षिक साधारण सभाबाट उक्त लाभांश पारित गरिनेछ ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार ०९:१९