१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

लाभांश वितरण र एफपीओ निष्काश गर्ने मुख्य एजेण्डासहित समता घरेलु लघुवित्तले बोलायो सभा


७ चैत, काठमाडौँ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण र एफपीओ निष्कासन गर्ने मुख्य एजेण्डासहित साधारण सभाको मिति तय गरेको छ ।

कम्पनीले चैत २९ गते  नमोबुद्ध बैंक्वेट एण्ड इभेन्टमा १० औं वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ उक्त सभामा गत आर्थिक बर्ष २०७९/८० का लागि प्रस्तावित ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.७०७६ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । साथै, सभामा एफपीओ निष्कासन गर्ने र संस्थाले मनकामना स्मार्ट लघुवित्तलाइ प्राप्ति गर्ने सम्बन्धि भएका सम्पूर्ण कार्य तथा निर्णयहरु पारित हुनेछ ।

यस्तै सञ्चालक समितिको तर्फबाट अध्यक्ष ज्यूद्धारा प्रस्तुत गर्नु हुने आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने,आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण तथा सो सँग सम्वन्धीत अनुसूचीहरु पारित गर्ने तथा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

 साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने  जनाएको छ । यसकाे अर्थ चैत १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै लाभांश पाउन र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १६:३२