१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

दोस्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट, लगानीकर्ताको आकषर्ण कायमै


७ चैत, काठमाडौँ । दोस्रो बजारमा कारोबारमा आएको दोस्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा सकारात्मक सर्किट लागेको छ । पहिलो कारोबारको दिन जस्तै दोस्रो कारोबारको दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम खरीदमा उच्च चाप देखिएपछि सर्किट लागेको हो ।

उस दिन पनि कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६७२.७० रुपैयाँ पुगेको छ । आज मात्रै कम्पनीकाे सेयर मूल्य प्रतिकित्ता ६१.१० रुपैयाँले मूल्य बढेको हो । उक्त कम्पनीको सेयर प्रतिकित्ता ५५६ रुपैयाँमा पहिलो कारोबार भएको थियो । नेप्सेले कम्पनीलाई न्यूनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ८ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १३:१०