१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सर्वोत्तम सिमेन्टमा सकारात्मक सर्किट, पहिलो दिन नै लगानीकर्ताको लगानी दोब्बर


६ चैत, काठमाडौँ । दोस्रो बजारमा कारोबारमा आएको पहिलो दिन नै सर्वोत्तम सिमेन्टको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार खुला भएको केही बेरमै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गरेको कम्पनीको कुल ४ करोड ६५ लाख कित्ता सेयर साेमबार नेप्सेमा सूचीकृत भएको थियो ।नेप्सेले पहिलो कारोबारका लागि कम्पनीकाे सेयरलाई न्यूनतम १८५.३६ देखि ५५६.०८ रुपैयाँसम्मको ओपनिङ रेञ्ज ताेकेकाे थियो । काराेबारमा आएको पहिलो दिन नै कम्पनीकाे सेयर भाउ १० प्रतिशतले बढेर ६ सय ११ रुपैयाँ ६ पैसामा कारोबार भएकाे छ । यस कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँ आईपीओ बिक्री गरेकाे थियाे । यसरी हेर्दा यस कम्पनीकाे आईपीओ परेका लगानीकर्ताकाे लगानी पहिलाे दिनमा नै दोब्बर भएकाे छ ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १२:१४