१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

चोरीको मोटरसाइकलसहित एक जना ट्राफिक प्रहरीको नियन्त्रणमा


५ चैत, काठमाडौँ । काठमाडौँको बुढानिकण्ठ नगरपालिका २ भंगालबाट हिजो चोरीको मोटरसाइकल सहित एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश-०२-२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरूङलाई हिजो साँझ ६ बजे ट्राफिक प्रहरीले फेला पारेको थियो । नियन्त्रणमा आएका गुरुङले उक्त मोटरसाइकल अन्य व्यक्तिबाट लिएको बताएका छन् । थप अनुसन्धान तथा कारबाहीका लागि गुरूङलाई प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

बागमती प्रदेश-०२-०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको भनि मोटरसाइकल धनि धादिङको गंगा जमुना गाउँपालिका ७ का प्रकाश श्रेष्ठले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि गत मंसिर २६ गते निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित गुरुङ नियन्त्रणमा आएका हुन् ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १४:२६