१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

निरन्तर घट्दै सुनको भाउ, यस्तो छ कारोबार मूल्य


५ चैत, काठमाडौँ । साताको दोस्रो कारोबारको दिन सोमबार पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेर छापावाला सुन प्रतितोल एक लाख २४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोल एक लाख २३ हजार ९०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो कारोबारको दिन आइतबार छापावाला सुन प्रतितोला एक लाख २५ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

सोमबार चाँदीको भाउ १० रुपैयाँले घटेर प्रतितोला एक हजार ५२० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी प्रतितोला १ हजार ५३० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १०:५९