१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सानिमा बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, यस्तो छ न्यूनतम मूल्य


५ चैत, काठमाडौँ। सानिमा बैंक लिमिटेडले केही सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको जनाएको छ ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । यो सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् ।

इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी र खरिद गर्न चाहेको सेयर संख्या खुलाई नारायणचौर नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

साथै, तोकिएको समयअवधिभित्र सो सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने बैंकले उजनाएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ०९:२८