१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने, साधारण सभाबाट आज पारित हुँदै


५ चैत, काठमाडौँ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएकाे छ । आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न कम्पनीकाे प्रथम वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीको गत फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न कम्पनीको सभा आज सुर्खेतमा रहेको शुभ होटल प्रालिमा बिहान ११ बजेबाट सुरू हुनेछ ।

 सभामा सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । साथै, सभामा आईपीओ जारी पश्चात प्राप्त पूँजीको उपयोगको सम्बन्धमा प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ०९:२०