१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

सुष्मालाई एकतर्फी माया गर्थे रुपेन्द्र, प्रेम प्रस्ताव अस्विकार गरेपछि हत्या


४ चैत, काठमाडाैँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारेभीरमाथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा सुष्मा लामाको हत्या गरी शव गाडिएको अवस्थामा छोड्ने आरोपी पक्राउ परेका छन् । गत माघ २२ गतेदेखि काठमाडौं गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरकी १८ वर्षीया सुष्मा लामा हराएकी थिइन् ।

उनको शव फागुन २४ गते साँझ शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा फेला परेको थियो भने फागुन २५ गते उत्खनन् गरी सनाखत भएको थियो । प्रहरीले हत्यामा संलग्न रहेका गोकर्णेश्वर नगरपालिका वडा नं. ३ तारेभिरका २१ वर्षीय रुपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

हत्या आरोपी रुपेन्द्रले विगत ८ महिनादेखि एकोहोरो मन पराएको र पटक–पटक प्रेम प्रस्ताव राख्दा पनि सुष्माले अस्विकार गरेपछि हत्या गरेको प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १५:०४