१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मध्यपश्चिम विश्वविद्यालयका आन्दोलनरत आंशिक शिक्षकमाथि दूर्व्यवहार


२ चैत, सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयका पुर्व उपकुलपति नन्द बहादुर सिंहले निकटस्थलाई नियुक्ति दिएको भन्दै आन्दोलनरत आंशिक शिक्षकमाथि दुव्र्यवहार भएको छ । जसका कारण आन्दोलनरत आशिंक शिक्षक बढी आक्रोसित भएका छन् ।

ग्राजुयट स्कुल अफ म्यानेजमेन्टका विभागिय प्रमुख खेमराज रावतले केन्द्रिय क्याम्पस परिसरमा अश्लिल गालिगलौचका साथै डर धम्कि दिदै आशिंक शिक्षकहरुलाई दुर्वव्यहार गरेको आशिंक शिक्षकले निकालेको विज्ञप्तिमा बताईएको छ । यहि फागुन ३० गरेका दिन रावतले विशवद्यिालको बदनाम हुने गरी प्राज्ञिक मर्यादाको समेत ख्याल नगरी अश्लिल गालिगलौच र अपशब्द प्रयोग गरेको हुदा विभागिय प्रमुख बाट तत्काल बर्खास्त गर्न माग गरीएको छ ।

आन्दोलनरत आशिंक शिक्षकहरुले आनदोलनका आफ्ना कार्यक्रम अनुसार विभागमा तालाबन्दी गर्दा समेत रावतले असहयोग गरेको आशिंक शिक्षक प्रचण्ड पोखरेलको भनाई छ । आन्दोलनले पठनपाठनमा असर परेको भन्दै । रावतले आन्दोलनलाई निस्तेज पार्न कुनैकसर बाकि नराख्ने धमकी दिदै अपशब्द बोलेको उनको भनाई छ ।

मध्यपश्चिम विश्वविद्यालयका पुर्व उपकुलपति नन्द बहादुर सिंहले निकटस्थलाई नियुक्ति दिएको भन्दै आंशिक शिक्षकहरु फागुन १७ गते देखि आन्दोलमा छन् । जसका कारण विश्वविद्यालयको केन्द्रिय क्याम्पसको पठनपाठन प्रभावित भएको छ । विश्वविद्यालयमा चलिरकेका मध्यावधि परिक्षा र अन्तिम परिक्षा समेत प्रभावित भएको नाम नभन्ने सर्तमा एकजना कर्मचारीले बताएक छन् ।

मध्यपश्चिम विश्वविद्यालयका आंशिक शिक्षकहरूले केन्द्रीय क्याम्पसका सम्पूर्ण विभागहरूमा तालाबन्दी समेत गरेका थिए । आशिंक शिक्षकका माग प्रति विशवद्यिालयको नेतृत्व तरह सकारात्मक रहेको र विभागहरुले आंशिक शिक्षकहरूले राखेका विभिन्न मागहरुमा समर्थन र सहयोग गर्ने प्रतिवद्धता जनाएपछि विभागहरूको ताला खोलिएको छ । आशिंक शिक्षकहरू भने पठनपाठन बन्द गरेर आन्दोलनमै छन् । आन्दोलनमा उत्रिएका आंशिक शिक्षकहरूले करारमा नियुक्ति गर्नुपर्ने माग राख्दै आएका छन् ।

लामो समय सम्म पढाइरहेका आंशिक शिक्षकलाई निरुत्तसाहित गराउदै सिहंले नातावाद र राजनैतिक रुपले आफु निकटका व्यक्तिहरुलाई करारको नियुक्ति दिएको आन्दोनकारीको भनाई छ । उपकुलपति सिंहले आफ्नो कार्यकालको अन्तिम समयमा कोरम पुग्ने गरी कार्यकारीको वैठक बोलाइ आफ्ना र अन्य पदाधिकारीका निकटस्थ व्यक्तिलाई करार नियुक्ति दिएको आंशिक शिक्षक छवि बोहराले जानकारी दिए । उनले भने “ हाम्रो आन्दोलन नीतिगत भ्रष्टाचारका विरुद्धमा हो । २४ जना आंशिक शिक्षकहरू आन्दोलनमा उत्रिएका छौ’, बोहराले थपे, ‘विश्वविद्यालयमा १० बर्ष देखि आंशिक शिक्षकका रूपमा परीक्षा र प्रयोगात्मक बिषय पढाउने हामी तर दिने बेलामा आफ्ना नजिकका र आफन्तलाई करार नियुक्ति दिए । हामीे नीतिगत अन्यायमा पर्यौ ।’

करारमा दुईपटक सम्म विज्ञापन भएपनि उपकुलपति सिंहले कार्यान्वयन नगरेको आरोप अर्का आन्देलनकारी शारदा शाहीले बताइन् । प्रतिस्पर्धाका रूपमा परीक्षामा सहभागी हुनका लागि आवेदन दिएको भए पनि विभिन्न कारणले परिक्षा नभएको उनको भनाई छ । त्यसको प्रमुकारण उपकुलपति सिंहले नियम बनाउन नसक्नु नै हो । उनले थपिन् । बोहोराका अनुसार उपकुलपति सिंहले डिल्लीकुमारी फौजा, (उपकुलपति सिंहको बुहारी), (डिन कार्यालयमा कार्यरत) भीम रोकाया, (उपकुलपतिका स्वकीय) उपप्राध्यापक नियुक्त, र (रजिस्टारका स्वकीय) जगत ढकाल र एक जना दैनिक ज्यालादारी भनेर नियुक्ति दिएको हो ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार ०८:००