१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

३२ स्थानको सम्पत्ति लिलामी बिक्री गर्दै एनआइसी एशिया बैंक


३० फागुन, काठमाडौँ । एनआइसी एशिया बैंक लिमिटेडले आफ्नो नाममा रहेको ३२ स्थानको गैर बैंकिङ्ग सम्पति  बिक्री गर्ने भएको छ ।  बैंकले आज एक सूचना प्रकाशित गरेर  लिलामी सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको छ ।

 बैंकले काठमाडौं, रौतहट, भैरहवा, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, कपिलवस्तु र सिरहालगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो । बैंकको स्थिर सम्पत्ति खरिद गर्न चाहाने इच्छुक ब्यक्ति, फर्म वा कम्पनीले सूचना प्रकाशित मितिले ७ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय कर्जा अशुली विभाग, राधाभवन, त्रिपुरेश्वर, काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैंकिङ सम्पतिहरु लिलामी प्रकृया अघि बढाएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार १३:१०