१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

मितेरी डेभलपमेन्ट बैंकको ३ लाख २५ हजार कित्ता सेयर बिक्रीमा


२९ फागुन, काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको नाममा रहेको ३ लाख २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरमा बैंकका संस्थापक सेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले सुनसरी धरानमा रहेको बैंकको केन्द्रीय कार्यालयमा वा सेयर रजिष्ट्रार प्रभु क्यापिटलको कार्यालय काठमाडौँमा सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । साथै, तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट सो सेयर खरिदका लागि कुनै आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलवार ०९:५१