१६ बैशाख २०८१, आईतवार | Sun Apr 28 2024

नुवाकोटको ‘बाजेको सेकुवा’ ग्राहकको मन जित्दै


-पवित्रा मुडभरी

२८ फागुन, काठमाडौँ । नुवाकोटको बट्टारमा रहेको ‘बाजेको सेकुवा’ले सञ्चालनको छोटो समयमै पहिचान स्थापित गरेको छ । स्थापनाको एक वर्ष पूरा गरेको यो रेष्टुरेन्टले नुवाकोटमा धेरैको मन जित्न सफल भएको छ । अहिले धेरैको खाजा, खाना तथा कार्यक्रमका लागि रोजाइको स्थान बन्न सफल भएको छ नुवाकोटको बट्टारमा रहेको बाजेको सेकुवा ।

फ्रेन्चाइज मोडलमा आधारित यो रेष्टुरेन्ट बाजेको सेकुवाको १४ औँ आउटलेट हो । नुवाकोटको आउटलेटमा चार जना युवाहरूले संयुक्त लगानी गरेका छन । नुवाकोटमा लामो समयदेखि व्यवसाय गर्दै आएका पवन नेपालसहित बाजेको सेकुवामा सजनी श्रेष्ठ, रामशरण डंगोल र शम्भु अमात्यले पनि लगानी गरेका छन् ।

छोटो समयमा नै लोकप्रियता प्राप्त गर्दै गएको बाजेको सेकुवा २०७९ साल पुस महिनादेखि सञ्चालनमा आएको हो । पारिवारिक वातावरण, स्वच्छ र स्वादिलो खाना, तथा न्यानो आतिथ्यताका कारण नुवाकोटका अन्य रेष्टुरेन्टको तुलनामा ग्राहकको रोजाइमा बाजेको सेकुवा परेको छ । नुवाकोटमा बाजेको सेकुवाको यो पहिलो आउटलेट हो भने काठमाडौँ उपत्यका बाहिरको पाँचौँ हो ।

पर्याप्त पार्किङको सुविधा, बालबालिकालाई खेल्ने ठाउँ, कम्पाउण्डभित्रै बगैंचा, बगैँचामा बसेर मिठा परिकारका खानाको स्वाद लिन सकिने यस रेष्टुरेन्ट अन्य आउटलेटहरू भन्दा पनि आकर्षक छ । बाजेको सेकुवाहरूमा सामान्यतया रेष्टुरेन्टहरूमात्रै हुुने भए पनि यहाँ भने पाँच सय जना अट्ने क्षमताको व्यांकेट हल समेत रहेको छ ।

रेष्टुरेन्टले एक पटकमा एक हजार पाँच सय जनालाई खाना खुवाउन सक्ने बाजेको सेकुवा नुवाकोटका सञ्चालक पवन नेपालले जानकारी दिए । उनले एक वर्षको बीचमा तीन सय भन्दा बढीको संख्याको बीस भन्दा बढी पार्टी भएको जानकारी दिए । नेपालले पाहुनाका लागि हाल चार वटा कोठा सञ्चालनमा ल्याएको जानकारी दिँदै निकट भविष्यमै १५ वटा सुविधासम्पन्न र वातानुकुलित कोठाहरू थप्ने तयारी गरिएको बताए ।

अहिले बाजेको सेकुवा बट्टारमा काठमाडौंबाट तालिम लिएर आएका अनुभवी कुक र स्थानीय ट्रेनी गरेर १७ जनाले नियमित रोजगारी पाएका छन । सञ्चालक नेपालका अनुसार बाजेको सेकुवाले माछा, मासु, दुध, अण्डा, सागपात, गोलभेँडा, खुर्सानी, लसुन, प्याज लगायतका सामानहरू स्थानीय नै उपयोग गर्ने गरेको छ । रेष्टुरेन्टले ग्राहकले चाहेको खण्डमा होम डेलिभरीको सुविधा पनि उपलब्ध गराएको छ । सञ्चालक नेपालले एक पटक बाजेको सेकुवा बट्टारमा आएका ग्राहकहरू फर्केर फेरि फेरि यही आउने गरेको पनि बताए ।

चार दशकअघि काठमाडौंबाट शुरु भएको बाजेको सेकुवाको अहिले काठमाडौँ उपत्यकासहित देशको विभन्न सहर र विदेशमा समेत फ्रेन्चाइज आउटलेट सञ्चालनमा ल्याएको छ । खोटाङबाट झापा हुँदै काठमाडौं पुगेका दीनानाथ भण्डारीले एयरपोर्टको गेटबाट सुरू गरेको सेकुवा पसल अहिले अन्तर्राष्ट्रियकरण भैसकेको छ । दौरा सुरूवाल र टोपीमा सेकुवा बेच्ने भण्डारीले ग्राहले आफूलाई बोलाउने बाजे नामबाटै सेकुवा पसलको नाम राखी पहिलो पटक सिनामंगलबाट पसलको सुरूवात गरेका थिए ।

 

प्रकाशित मिति : २८ फाल्गुन २०८०, सोमबार १६:५७